Section 9
मालपोत असूल गर्ने अधिकार
– (१) मालपोत असूल गर्ने काम, कर्तव्य तथा अधिकार मालपोत कार्यालयको हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी मालपोत कार्यालयले असुल गर्दै आएको मालपोत कुनै सरकारी कार्यालय वा स्थानीय तहद्वारा असूल गर्न पाउने गरी अधिकार सुम्पन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम स्थानीय तहले असुल गरेको मालपोतको रकम आफनोे कोषमा जम्मा गर्नु पर्नेछ ।